Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुराको बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

काठमाडौं। मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका-९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ।

खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका हुन्।

आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो। उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ।

बेपत्ता चालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077