Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष यादव प्रहरीको फन्दामा

रुपन्देही । अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादव पक्राउ परेका हुन् ।

एक साताअघि अध्यक्ष यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगेका थिए ।। किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका लुकाएको आरोप लागेको थियो ।

उक्त घरमा प्रहरीले छापा हानेर ५४ बोरा रासायनिक मल बरामद गरेको थियो भने उनले ३२ बोरा मल बेचिसकेका थिए । अध्यक्ष भागिरथीलाई बिक्री गर्न बाँकी मलसहित पक्राउ गरेर अपचलनको मुद्दा अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077