Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । साउन २ गतेदेखि बस्दै आईरहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ३ बजे बस्ने गरी स्थगित भएको छ।

बैठकको पहिलो दिन महामन्त्रीहरुले एजेण्डा प्रस्तुत गरेयता प्रत्येक दिन बिहान ११ बजेदेखि साँझसम्म केन्द्रीय सदस्यहरुले आफ्नो धाराणा राखिरहेका थिए। शनिबार भने बैठक स्थगित भएको थियो।

आजको बैठकमा २५ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झण्डै १ वर्षपछि मंगलबारदेखि सुरु भएको थियो ।

बैठकपछि मुख्यसचिवले जारी गरेको विज्ञप्तिमा अर्को बैठक सोमबार बस्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077