Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले ‘डिजिटल करेन्सी’ को प्रक्रिया अघि बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०-८१ मा ‘केन्द्रीय बैंक विद्युतीय मुद्रा’ (डिजिटल करेन्सी) जारी गर्ने सम्बन्धमा भएको अध्ययनका आधारमा थप काम अघि बढाउने भएको छ ।

आइतबार मौद्रिक नीति जारी गर्दै केन्द्रीय बैंकले अध्ययन प्रतिवेदनलाई आधार मानेर डिजिटल करेन्सीको थप काम अघि बढाउने योजना बनाएको हो ।

यस्तै, सार्वजनिक सेवा प्रवाह हुने मुख्य कार्यालयहरुमा विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग गरी राजस्व संकलन गर्ने कार्यका लागि सहजीकरण गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गरे वापतको विदेशी मुद्रा विद्युतीय माध्यमबाट भित्र्याउने व्यवस्थालाई थप प्रभावकारी बनाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077