Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदेश भ्रमण जाने नेपालीले २५ सय अमेरिकी डलर साट्न पाउने

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो ।

उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याइएको हो । विद‍ेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077