Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालको आरोप - केपी ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारे, एमाले नर्कको बाटोतर्फ

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको छवि बिगारेको बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले चरम गुटबन्दी र एकले अर्कालाई गाली गर्ने प्रवृत्तिका कारण ओलीले कम्युनिस्ट पार्टीकै छवि बिगारेको आरोप लगाए ।

ओलीका कारण उदाएको घण्टी (रास्वपा)ले अहिल्यै केही नगरेको तर नसुध्रिए घण्टी मात्र नभई ‘शंख’ पनि आउन सक्ने उनले बताए । उनले एमाले नर्कको बाटोतर्फ लागेको समेत टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077