Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतमले भने - सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुन्छ भन्ने आरोपमा सत्यता छैन

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै मुख्य रूपमा दोषी हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै गौतमले सुन तस्करीमा राजनीतिज्ञको संलग्नता हुने भन्ने आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।

गौतमले सुन तस्करीमा सिधै राजनीतिक संलग्नता जोडिने भन्दा पनि भन्सारमा खटिने कर्मचारी नै मुख्य रूपमा दोषी हुने समेत बताए। आफू गृहमन्त्री हुँदा सुन काण्ड नभएको दाबी गर्दै उनले सो समयमा आफूलाई सरकारबाट कसरी हटाउने भन्ने बारे आवाज उठाइएको जिकिर गरे।

गौतमले आफू गृहमन्त्री भएका बेला शान्ति सुरक्षा थप बलियो भएको र आफूले गरेका कामलाई सबैले प्रशंसा गरेको दावी गरे। सुन तस्करीको सवालमा अहिले यो सुन कुन देशबाट आयो भन्ने पनि महत्वपूर्ण विषय भएको र तस्करहरूले कस्तो जालो फैलाएका रहेछन् भन्ने स्पष्ट भएको उनले बताए।

फरक प्रसंगमा उनले समाजवादी मोर्चाको औचित्य पुष्टि हुन नसकेको बताए। उनले आफूलाई मोर्चामा सहभागी गराएको भए संविधानमा उल्लेख समाजवादलाई औचित्य पुष्टि गर्ने भए पनि आफूलाई नबोलाएको तर्क गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077