Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज साउन ६ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल साउन ६ गते शनिबारको राशिफल ।

मेष

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।

मिथुन

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

सिंह

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर काम क्रोध पनि बढ्नसक्छ ।

तुला

कुनै कुराले मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा बढी धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

धनु

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कुम्भ

दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

बृष

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।

कर्कट

शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ ।

कन्या

आज मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।

बृश्चिक

आज प्रणयसम्बन्धमा सफलता पाउने समय रहेको छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।

मकर

लाभहानी, सुखदुःख, बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन

गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा पनि सफलता पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077