काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक एक सातापछि सकिएको छ । गएको शुक्रबारदेखि बसेको बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको बैठक बोलाउने निर्णय गर्दै समापन भएको हो ।
बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको मिति केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उप्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । त्यसका लागि सो पार्टीले साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय सचिवालय बैठकले गरेको छ ।
साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिने पनि सो पार्टीले जनाएको छ ।