Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काँग्रेस बैठकमा ढुंगानाको प्रश्न - सभापतिलाई खुइल्याएर अघि बढ्दा पार्टी कहाँ पुग्छ ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले कांग्रेसका नेताहरु पार्टी सभापति र महामन्त्रीलाई खुईल्याउने प्रतिस्पर्धामा उत्रिएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा ढुंगानाले यस्तो आरोप लगाएका हुन् ।

उनले कोही नेताले सभापति शेरबहादुर देउवालाई र कोहीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खुइल्याउने प्रतिस्पर्धामा लागेको भन्दै असन्तुष्टि जनाए।

उनले भने,‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं, पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। यो खुईल्याउने प्रतिष्पर्धा चल्दै गर्दा भोलि पार्टी कहाँ पुग्छ ?’

सदस्य ढुंगानाले अब परम्परागत ढंगले सभापतिलाई गाली गर्दैमा पार्टी रुपान्तरित नहुने भन्दै पार्टी भित्र रुपान्तरण जरुरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077