Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी प्रदेशका ११ जिल्लामा फैलियो डेंगु संक्रमण

विराटनगर । लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिन्छ । पछिल्लो समय विशेषगरि डेङ्गु सङ्क्रमण कोशी प्रदेशमा बढी फैलिरहेको छ ।

एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा हुने उक्त सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिसकेको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला परेका छन् । यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेङ्गु रोगीको सङ्ख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेङ्गु फैलिएको पाइएको छ ।

पछिल्लो सातामात्रै सुनसरीमा ५३, मोरङमा नौ, झापामा चार, तेह्रथुममा पाँच, भोजपुरमा चार, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेङ्गुका बिरामी फेला परेका छन् ।

प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेङ्गुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077