Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

    विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, ५ साउन २०८०
  • 828
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।



    राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ र ढुण्डीराज पौडेल तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी र गिरीराज आचार्यलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो। पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार