Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक सातादेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को एक सातादेखि जारी बैठक आज पनि बस्न भएको छ ।

बैठक बिहान ११ बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्न लागेको हो । बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरको निर्णय गर्ने बताइएको छ। एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ।

बिहीबार राजनीतिक विषयवस्तुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । बैठक आज सक्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077