Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन् ।

हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आत्मसमीक्षामा चुकेको कांग्रेस, मौलिकता गुमाएका केन्द्रीय सदस्य

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो । बैठक भोलि सम्म सम्पन्न गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077