Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डै २५ करोड हिनामिना गरेको आरोपमा व्यापारी विश्वकर्मा काँकडभिट्टाबाट पक्राउ

झापा । झापामा झण्डै २५ करोड रूपैयाँ हिनामिना गरेर फरार रहेका व्यापारी पक्राउ परेका छन् ।

गौरादह बजारमा सुनचाँदीका गरगहनाको कारोबार गर्ने एक व्यवसायी सोम विश्वकर्मा २४ करोड ६५ लाख रूपैयाँ हिनामिना हिनामिना गरेको आरोपमा प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरेको हो ।

उनी विभिन्न ठाउँका ४ सय ६६ जना व्यक्तिबाट २४ करोड ६५ लाख रूपैयाँ हिनामिना गरेर फरार रहेका थिए । उनी तीन सातादेखि सम्पर्कविहीन रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई भारत प्रवेश गर्ने नाकामा पक्राउ गरिएको हो । विश्वकर्माविरूद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरूले ठगी मुद्दा दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077