Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउन ९ गतेसम्म मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०-८१ को लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ ।

बिहिबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अर्को साता ल्याउने जानकारी दिएका हुन् ।

विदेश भ्रमण सकेर बिहीबार मात्रै कार्यालयमा फर्किएका गभर्नर अधिकारीले साउन ९ गतेभित्र मौद्रिक नीति सार्वजनिक गरिसक्ने बताए ।

राष्ट्र बैंकले सम्बन्धित सबै निकायका सरोकारवालाहरुसँग सुझाव लिएर मौद्रिक नीतिको मस्यौदा तयार पारिसकेको छ ।

मौद्रिक नीतिबारे छलफल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई बोलाईएको अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्यलगायतका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077