काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा चलिरहेको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिने छन् ।
त्यस्तै, उनले वर्तमान परिस्थिति र कार्यभारको एजेन्डामा समेत धारणा राख्ने जनाईएको छ । बैठकबाट नेताहरूको वरीयता, महाधिवेशनलगायत विषयमा निर्णय गर्ने तयारी छ ।
शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो। त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ। यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।