Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

संसदको संसदीय सुनुवाइ समितिले सूचना जारी गर्दै सिफारिस भएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन आह्वान गरेको हो ।

उजुरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतर र सम्पर्कनम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने समितिले जनाएको छ ।

सरकारले संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधिर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, यूएईका लागि तेजबहादुर क्षेत्री र थाइल्याण्डका लागि धनबहादुर वलीलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077