Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक आज बस्दै छ। बैठक बिहान ८ः३० बजेबाट कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।

बैठक आजै टुंग्याउने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भएको थियो।

त्यसमा सदस्यहरूले धारणा राख्ने काम सकिइसकेको छ। यसअघि बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।

उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। त्यस्तै बैठकमा महाधिवेशनबारे पनि छलफल भएको छ। ‘मंसिरदेखि फागुनभित्रमा महाधिवेशन गर्नेगरी धारणा आएका छन्।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077