Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

रुपन्देही । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

२०६० साल भदौ २९ गते बुटवल उपमहानगरपालिका वडा नं ८ शान्तिपथमा बालिकालाई ठक्कर दिएपछि फरार रहेका ट्याक्टर चालक ईन्द्रप्रसाद थारु २० वर्षपछि मंगलबार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले चलाएको लु १ त ५३०६ नं. को ट्याक्टरले ठक्कर दिँदा बुटवल ८ शान्तिपथका बिनोद भुसालको ६ वर्षीया छोरी सविना भुसालको मृत्यु भएको थियो ।

बालिकालाई ठक्कर दिएलगत्तै फरार भएका थारुलाई प्रहरीले मंगलबार बुटवल १७ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077