Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस बैठकमा प्रदेश सभापतिहरूको गुनासो - पार्टीले आफ्नै संगठनमा संघीयताको अभ्यास गर्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टी केन्द्रले प्रदेश कार्यसमितिलाई वेवास्ता गरेको भन्दै गुनासो गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी बैठकमा बोल्दै प्रदेश सभापतिहरूले गुनासो गरेका हुन् । केन्द्रीय समितिको बैठकको दोस्रो दिन प्रदेश सभापतिहरुलाई बोल्न दिइएको छ ।

आमन्त्रित सदस्यका रुपमा प्रदेश सभापतिहरुले धारणा राख्दै छन् । प्रदेश सभापतिबाट पहिलो वक्ता बनेका गण्डकीका सभापति शुक्रराज शर्माले आमन्त्रित सदस्यका रुपमा बोलाइएको प्रति आपत्ति जनाए ।

पार्टीले आफ्नै संगठनमा भने संघीयताको असल अभ्यास गर्न नसकेको उनको गुनासो छ । पार्टीमा केन्द्रीय कार्यसमितिले सीधै जिल्ला र पालिका तहसँग काम गर्ने र शासन गर्ने काम गरेको बताए ।

मुलुकमा संघीयता व्यवस्थाकै सवालमा प्रश्न उठिरहेका बेला पार्टीभित्र समेत संघीय संरचनालाई सर्वस्वीकार्य गरेर संगठन अघि बढाउन नखोजिएको उनीहरुको आरोप छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुलुकको संघीय व्यवस्थामै प्रश्न उठिरहेका बेला पार्टीमा समेत त्यसको असल अभ्यास हुन नसकेको बताए ।

विधानमा व्यवस्था गरेर बैठकमा उपस्थित हुन पाउने वातावरण मिलाउन नेतृत्वसँग उनले आग्रह गरे । नेता पुनले केन्द्रीय कार्यसमितिमा महामन्त्रीले प्रस्तुत गरेको एक वर्षे क्यालेण्डरमा समेत प्रदेश कार्यसमितिको भूमिकालाई समेटेर कुनै कार्यक्रमहरूको प्रस्ताव नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077