Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश सभापति यादवले भने – गठबन्धनपछि मधेसमा कांग्रेस थप कमजोर बन्दै गएको छ

काठमाडौं । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले पार्टी नेतृत्वले अरू पार्टीसँग गरेको गठबन्धनले गर्दा अघिल्लो निर्वाचनमा कांग्रेस मधेसमा कमजोर भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विगतमा कांग्रेस छोड्नेहरू समेत फर्कने क्रम सुरु भएका बेला अरू पार्टीसँग गरेको गठबन्धनपछि मधेसमा पार्टी कमजोर बनेको बताएका हुन् ।

सभापति यादवले जनसंख्याको अनुपातमा मधेस बजेटमा पनि हेपिएको र प्रदेश संरचनालाई जिम्मेवारी नदिएको भन्दै केन्द्रबाटै शासन गर्ने हो भने प्रदेश खारेज गर्न माग समेत गरे ।

उनले भने, ‘प्रदेश संरचना किन बनाइयो ? प्रदेशलाई जिम्मेवारी दिन सकिदैन भने खारेज गरियोस् । जे पनि जिल्लामा गरिएको छ । प्रदेशलाई बाइपास गरिएको छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077