Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आव्हानमा मन्त्रीपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन । पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न कार्यक्रममा सक्रिय हुने भएका छन् ।

दाहाल आज बिहान अखिल क्रान्तिकारीको संयोजनमा किर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न उनी आजै गोरखा जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077