Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै छन् ।

बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटनका लागि बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार गोरखाको सिउरेनीटारमा बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न लागिएको छ ।

त्यो आयोजनाको मुआब्जा वितरण तथा पुनर्वास एकाइ हो । १२ सय मेगावाटको जलासययुक्त आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077