Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

केपी ओली कम्बोडिया प्रस्थान : पोखरेल कार्यबाहक अध्यक्ष, नेम्वाङलाई दलको नेता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडिया भ्रमणका लागि प्रस्थान गरेका छन् ।

पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी अध्यक्ष ओली मंगलबार कम्बोडिया गएका हुन् ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकमा उनले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । उनले साउन ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्नेछन् ।

त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्ने र अरु विभिन्न राजनीतिक भेटघाटमा संलग्न हुने उनको भ्रमणतालिका रहेको छ।

अध्यक्ष ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका सदस्यहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077