Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइत आएकी महिलाको घाँटीबाट १ तोला २१ लाल सुनको सिक्री लुट्ने युवक पक्राउ

लमजुङ । लमजुङमा महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने युवक पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका-७ घर भएका ३० वर्षीय श्यामचन्द्र खतिवडालाई प्रहरीले लमजुङको राइनास नगरपालिका-६ को जंगलबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आइतबार अपराह्न अन्दाजी साँढे ४ बजेतिर खतिवडा जंगलको बाटोमा ढुकेर बसेको र पोखराबाट साउने संक्रान्ति मनाउन माइत आएकी राइनास नगरपालिका-६ का लक्ष्मी नेपालीको पिछा गरेर उनले घाँटीमा लगाएको १ तोला २१ लाल बराबरको सुनको सिक्री लुटेर भागेका थिए ।

खतिवडालाई प्रहरीले घटनास्थल नजिकैबाट घटना घटेको दिन आइतबार साँझ ६ बजेतिर सुनको सिक्रीसहित पक्राउ गरेको थियो ।

लमजुङ प्रहरीका अनुसार सोमबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिएर खतिवडामाथि अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077