Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं उपत्यकाको फोहोर भोलिदेखि नउठ्ने

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने भएको छ ।

उनीहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै सोमबारदेखि नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएकाले फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।

मंगलबार बिहानैदेखि आन्दोलित स्थानियले फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीलाई बाटोमै रोकेका छन्। संघका अनुसार सोमबार र मंगलबारको फोहोर टेकु ट्रान्सफर स्टेशन र गाडीमै राखिएको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब तीन सय ८० वटा ट्रक बन्चरेडाँडा जाने गरिरहेको छ ।

महानगरले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेपनि सहमतिका नाममा झुक्याइएको स्थानीयबासीहरुको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077