Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचनमा अन्तरघात गर्नेविरुद्ध कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा तीन तहको निर्वाचनमा अनुशासन उल्लंघन भएको भन्दै दुई हजार १०० उजुरी परेका छन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी ४६ जिल्लाबाट उक्त संख्यामा नेता कार्यकर्ताविरुद्ध उजुरी परेको हो ।

निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका उम्मेदवारविरुद्ध खडा हुने र पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका खेल्ने नेता कार्यकर्ताविरुद्ध उजुरी गरिएको छ ।

अनुशासन समितिको प्रतिवेदनमाथि आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुँदैछ। देशभरिबाट परेका उजुरीमाथि विस्तृत प्रतिवेदन तयार गरी केन्द्रीय समितिलाई हस्तान्तरण गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077