Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको गलत प्रचार गर्ने 'टाइगर'लाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

रुपन्देही देवदह नगरपालिका –८ का ४९ वर्षीय शेरबहादुर रानालाई प्रहरीले आज पक्राउ गरेको हो । उनीमाथि सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा प्रधानमन्त्रीविरुद्ध घृणा र द्वेष फैलाउने सामग्री सम्प्रेषण गरेको आरोप लागेको छ ।

उनले 'टाइगर राना मगर' नाम भएको फेसबुक प्रोफाइलबाट प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी कानुनले प्रतिबन्ध लगाएका भ्रामक, आपत्तिजनक शब्दहरू प्रयोग गरी, प्रकाशन तथा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

रानामाथि प्रहरीले पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077