Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले तय गर्‍यो केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेण्डा तय गरेको छ।

बैठकको एजेण्डा तय गर्नको लागि बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले १० वटा एजेण्डा तय गरेको हो ।

बैठकमा सहभागी महामन्त्री विश्वप्रकाश शर्माले भने, 'भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेका छौँ। पार्टी र समसामयिक राजनीतिबारे घनिभूत छलफल हुन्छ ।'

महामन्त्री शर्माले पार्टीका केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने बताए । त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुने उनको भनाइ छ ।

महामन्त्री शर्माका अनुसार केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ ।

साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077