Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्वकृषि तथा सहकारी मन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्धामा प्रहरीले उनलाई बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार पक्राउ गरेको हो ।

गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारीपछि उनलाई बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित यादव गत वर्षको साउन ३१ मा नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077