Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल सनातन धर्म संस्कृति संगठनले आज मैतीदेवी–पशुपतिनाथ धार्मिक पदयात्रा गर्दैछ ।

राप्रपाले अपरान्ह १२ः३० बजे मैतीदेवी मन्दिरमा भेला भइ विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गर्न लागेको हो । गत वर्षदेखि संगठनले साउनको पहिलो दिन धार्मिक पदयात्रा गर्ने गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरू, समान विचार भएका व्यक्ति, समूह, संस्थाहरू समेतको सहभागितामा मैतीदेवीदेखि पशुपतिनाथसम्म धार्मिक पदयात्रामा रहने राप्रपाले जनाएको छ ।

शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात र अनुसरण गर्दै धार्मिक जागरण फैलाउने, हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने अभियान अन्तरगत यो कार्य हुन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077