Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुठीसम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यान जाओस् : एमाले सांसद बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले गुठी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै किसानले जमिन जोतिरहे पनि आफ्नो नाममा दर्ता हुन नसकेको भन्दै यस्तो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

सिन्धुपाल्चोकको आधा समुदाय गुठीको समस्याबाट पीडित रहेको र काभ्रेको सिपाघाट, चण्डेश्वरी, पलाञ्चोकलगायत क्षेत्रमा पनि यस्तो समस्या रहेको उनको भनाइ छ ।

एमाले सांसद बास्कोटाले भने, 'आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यही छ । बजार बसिसक्यो, मान्छेले विजुलीको घरको नक्सा पास हुँदैन तर घर बनाउँछ ।’

उनले जमिन आफ्नो नाममा नभए पनि कमाइरहेकाले औषधि उपचार कसरी गर्छन् ? भन्दै उनले प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077