Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यागमन विभागमा मेनपावर व्यवसायीको प्रदर्शन, मागे महानिर्देशकको राजीनामा

काठमाडौं । मेनपावर व्यवसायीले अध्यागमन विभाग घेराउ गरेका छन्।

वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूलाई रोकेको भन्दै व्यवसायीले विभाग घेराउ गरेका हुन् ।  उनीहरूले अध्यागमन विभागका महानिर्देशकको राजीनामा समेत माग गरेका छन् ।

सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागतरूपमा श्रम स्वीकृत लिएर कुवेत, जोर्डनलगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले विनाकारण फर्काएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएका हो ।

व्यवसायीले अध्यागमनका महानिर्देशकको राजीनामा पनि मागेका छन् । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रोक लगाएको थियो ।

कागजात शंकाष्पद रहेको कारण देखाउँदै अध्यागमनले रोकेको थियो । तर, व्यवसायीहरूले भने भिसा, श्रम स्वीकृत, हवाई टिकट लगायतका सबै कागजात हुँदा पनि अध्यागमनले रोकेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077