Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बचत फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिए सहकारी पीडित, पाँचजना पक्राउ

काठमाडौं । विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरूले आज (आईतवार ) काठमाडौंको माइतिघर-बिजुली बजार सडकमामा प्रदर्शन गरेका छन् ।

सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै  प्रदर्शनमा उत्रिएका हुन् ।

गत २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका पीडितहरुले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् ।

साथै आज बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077