Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कोशी सरकार भंग गर्न एमालेको माग, असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर

काठमाडौं । नेकपा एमालेले कोसी प्रदेश असंवैधानिक र अलोकतान्त्रिक ढंगले गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले त्यस्तो माग गरेको हो ।

बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलंघन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।

सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरित भएको र यो संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको एमालेको ठहर छ । 'नेकपा एमाले सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ,' एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077