Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याज पीडितसम्बन्धी अध्यादेश सरकारकै कारण असफल भयो : एमाले

काठमाडौं । नेकपा एमालेले मिटरव्याजसम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको हो ।

अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कसुरलाई दण्डनीय बनाउन जारी गरिएको अध्यादेशलाई प्रतिस्थापना गर्न ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ नामको प्रतिस्थापन विधेयकका बारेमा सत्ता गठबन्धनबाट व्यक्त भइरहेका अभिव्यक्ति भ्रामक भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेको सचिवालय बैठकले सरकारका कारण यो अध्यादेश संसद्‌मा समयमै नआएको र छलफल हुँदै पारित हुन नसकेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077