Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले सचिवालय बैठक च्यासलमा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। एमालेको मुख्यालय च्यासलमा दिउँसो साढे १ बजे सचिवालय बैठक सुरू भएको हो।

पार्टी संगठनात्मक कामको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टी उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको फरक भूगोलमा कार्य विभाजन गरेर काम गरिरहेको छ। केन्द्रीय कमिटीको बैठकमा प्राप्त सुझावका आधारमा केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरुको कार्यविभाजनमा व्यापक हेरफेर गरेको हो।

एमालेले सदस्यता शुद्धीकरण, नवीकरण, विस्तार र तथ्यांक शुद्धीकरणको अभियानसमेत सञ्चालन गरेको छ। आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीका नेताको कार्य विभाजन पछिको प्रभावकारिताको प्रारम्भिक समीक्षा र उपलब्धिका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा साउन ७ गते पुष्पलाल स्मृति दिवस मनाउने विषयमा पनि छलफल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077