Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, चार घाइते

तेह्रथुम । तेह्रथुमको आठराईमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ्गमा पहिरोले घर पुरिँदा ६३ वर्षीय देवीकुमार थलङको मृत्यु भएको हो ।

पहिरोले पुरेको स्थानबाट उद्वार गरेर उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा उनले बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै चारजना घाइते भएका छन् ।

८४ वर्षीया जसमाया खापुङ्ग, ६३ वर्षीय गणेश इस्वो, २८ वर्षीय राजेश थलङ र २५ वर्षीया करिना थलङ घाइते भएको बताइएको छ ।

घाइतेमध्ये गणेश इस्वो र राजेश थलङको जिल्ला अस्पताल पाँचथर फिदिम तथा राजेश र करिनाको प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्ति बजारमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077