काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक शनिबार पुनः बस्ने भएको छ ।
शुक्रबार र शनिबार दुई दिनका लागि बोलाइएको बैठकमा शुक्रबार सात जना नेताहरुले आफ्नो धारणा राखेका हुन् ।
शनिबार अन्य नेताहरुले धारणा राख्ने पार्टीले जनाएको छ ।
शुक्रबार धारणा राख्ने नेतामा उपाध्यक्षहरु राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झा रहेका छन् ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टीको संगठन सुदृढीकरणका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।