Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन् - आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान संशोधन जरुरी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकअनुसार संविधानको संशोधन हुनसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले भारत लगायतका देशमा पनि सयौं पटक संविधान संशोधन भएको उदाहरण दिँदै देशलाई अघि बढाउने सन्दर्भमा नेपालमा पनि आवश्यकअनुसार संविधानको संशोधन हुनसक्ने बताए ।

उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि अहिलेको संविधान आए पनि यसमा अपूर्णदेखि आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए ।

देशको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता राष्ट्रिय स्वार्थलाई माथि उठाउने र सुशासन केन्द्रित संविधान जनताले चाहेको अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077