Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले सचिवालय बैठक शनिबार बस्दै, के छ मुख्य एजेन्डा ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्ने भएको छ ।

शुक्रबार महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको केन्द्रीय कार्यालय बैठकले भोली बस्ने सचिवालय बैठकका एजेण्डा तय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय बैठक महासचिवको उपस्थितिमा बस्ने र उपमहासचिव तथा सचिवहरूको उपस्थिति रहने व्यवस्था छ ।

नेताहरुको जिम्मेवारी र कार्यक्षेत्रको रिपोर्टिङ, पुष्पलाल स्मृति दिवस मनाउने र त्यसको तयारी तथा समसामयिक राजनीतिक प्रस्तावमाथिको छलफल सचिवालयका एजेण्डा तय भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077