Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। उनीहरुबीच शुक्रबार अपरान्ह च्यासलमा भेटवार्ता भएको हो ।

सो भेटमा दुईजनाबीच आपसी हितसहितका विषयमा छलफल भएको छ । ओलीसँगको भेटवार्तामा अमेरिकी राजदूत डिन आर थम्पसन, उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र सदस्य अन्जन शाक्य पनि सहभागी थिए ।

आजै लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरिसकेका छन्।

उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका हुन्। लुले अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077