Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न पुगे राप्रपाका शीर्ष नेताहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र पार्टीका शीर्ष नेताहरुबीच बीच कुराकानी भएको छ।

पार्टीका शीर्ष नेताहरु चन्दलाई भेट्न शुक्रबार उनकै निवास लोकन्थली पुगेका हुन् । नेता चन्द राप्रपामै रहेपनि पछिल्लो समय रानीतिक क्रियाकलापमा सक्रिय भने छैनन् ।

उक्त भेटमा राप्रपालाई जनतामाझ मजबुत रुपमा स्थापित गराउँदै सशक्त ढंगले अगाडि बढाउनेबारे छलफल भएको जनाईएको छ ।

सो क्रममा राप्रपा निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनी, राप्रपा वरिष्ठ नेता एवं अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, राप्रपा वरिष्ठ नेता हरिबहादुर बस्नेतलगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077