Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाबाट आर्थिक विधेयक बहुमतले पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरुपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।

बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । उक्त विधेयकहरू संशोधन बिना मूल रुपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077