काठमाडौं । अब अनलाइनबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सदस्यता पाइने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता फारम भर्न सकिने बताएका हुन्।
राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने छ ।
साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको १ सय ५० रुपैयाँ र ५ वर्षका लागि ५०० रुपैयाँ शुल्क लाग्ने राप्रपाले जनाएको छ ।
यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ।