Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन-रुस युद्ध रोक्न माग गर्दै काठमाडौंस्थित रुसी दुतावास अगाडि विरोध प्रदर्शन

काठमाडौं । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ५०५ औँ दिन दिन पूरा हुँदा पनि युद्ध नरोकिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रुसी दूताबासअगाडि विरोध प्रदर्शन गरेको छ ।

बिहिबार नेपालस्थित रुसी दूतावासअगाडि युद्ध तत्काल रोक्न र शान्तिवार्तामा आउन दवाब दिने उदेश्यसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले 'रुसः तत्काल युद्ध अन्त्य गर', 'युद्धको ५०५ दिनः मानवता पराजित', 'रुसी आक्रमण बन्द गर', 'युद्धको ५०५ दिनः इतिहास लज्जित'लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

समाजले प्रदर्शनपश्चात रुसका राष्ट्रपति भ्लादीमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण समेत गरेको छ ।

समाजका केन्द्रीय सभापति सभापति रामकृष्ण बरालको नेतृत्वमा मानव अधिकारकर्मी कृष्ण पहाडी, समाजका पूर्व सभापति उत्तर पुडासैनीलगायतका अधिकारकर्मीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077