काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका छन् ।
पार्टी संगठन सुदृढीकरण र परिचालनका लागि अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल थालेका हुन् ।
अध्यक्ष ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’ सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र विष्णु पौडेलसँग छलफल थालेका छन् ।
अध्यक्ष ओलीले बुधबार पनि उपाध्यक्षहरूसँग छलफल गरेका थिए।