Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाली बेइज्जती मुद्दा अभिनेता भुवनले हारे, अभिनेत्री साम्राज्ञीको पक्षमा फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता भुवन केसीले हालेको मुद्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ ।

आफूमाथि गाली बेइज्जती गरेको भन्दै अभिनेता केसीले अभिनेत्री साम्राज्ञीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए । तर बुधबार न्यायाधीश वासुदेव पौडेलको एकल इजलासमा अन्तिम सुनुवाइ हुँदा केसीको मागमा दाबी नपुग्ने भन्दै अभिनेत्री साम्राज्ञीको पक्षमा फैसला गरेको हो ।

साम्राज्ञी शाहले भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । यसपछि भुवन केसीले उनीविरूद्ध १० करोड क्षतिपूर्ति माग गर्दै गाली बेइज्जती मुद्दा हालेका थिए।

यो मुद्दामा साम्राज्ञी शाहको पक्षमा फैसला आएको जिल्ला अदालत काठमाडौंको वेबसाइटमा उल्लेख छ। साम्राज्ञीले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले मुद्दा जितेको भन्दै भिडिओ पोस्ट गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077