Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, नर्भिक अस्पतालमा उपचार सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

उनको अवस्था गम्भीर बनेपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको हो ।

अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले जनाए । अहिले उनको उपचार जारी छ ।

अस्पतालमा अहिले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077